काठमाडौं । सार्वजनिक लेखा समितिले स्वासथ्यमन्त्री भानुभक्त ढकाललाई छलफलका लागि बोलाएको छ ।
कोभिड–१९ को महामारीपछि स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमितताबारे छलफल गर्न स्वास्थ्यमन्त्री ढकाललाई बोलाइएको हो ।
शुक्रबार १ बजेका लागि बस्ने बैठकमा मन्त्री ढकाललाई बोलाइएको समिति सभापति भरत शाहले जानकारी दिए ।
कोभिड १९ का कारण महामारी घोषणापछि सरकारले स्वास्थ्य सामग्री खरिद गरेको थियो । सो क्रममा अनियमितता भएको भन्दै संसदीय समितिले चासो राख्दै आएको छ ।
प्रतिक्रिया