काठमाडौं – हिमालयन डिष्टिलरीले गत आवको मुनाफाबाट शतप्रतिशत लाभांश दिने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कम्पनीले ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद गरेर शतप्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
अब साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउने छन् । हाल कम्पनीको चुक्तापुँजी ५७ करोड ८४ लाख ६८ हजार रुपैयाँ छ । त्यो अनुसार कम्पनीले नगद लाभांश बापत २८ करोड ९२ लाख रुपैयाँ बाड्ने छ । साथै, बोनस पनि सोही बराबरको दिनेछ, त्यसपछि कम्पनीको चुक्तापुँजी रु. ८६ करोड ७७ लाख हुनेछ ।
कम्पनीले उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ । बिरगन्जमा साधारण बस्ने बताइएको छ ।
यस्तै, साधारण सभा प्रयोजनका लागि पुस १७ गतदेखि देखि बुक क्लोज हुनेछ, त्यो अनुसार पुस १६ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउने छन ।
प्रतिक्रिया