कठ्याङ्ग्रिएर एकको मृत्यु

शुक्रबार, ०३ पुस २०७७, १२ : ३१

जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीमा ३७ वर्र्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ । 

विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए ।

प्रारम्भिक अनुमानअनुसार आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको उनको भनाइ छ । 
 

शुक्रबार, ०३ पुस २०७७, १२ : ३१

प्रतिक्रिया