बर्गर खान २ लाख खर्च

३ बर्ष अगाडि

एजेन्सी- मानिसहरुले आफ्नो सोख पुरा गर्नलाई लाखौ खर्च गर्ने गर्दछन् । तर यस्ता एक व्यक्ति थिए जसले बर्गर खानकै लागि ७२५ किमी यात्रा गरेर २ लाख रुपैयाँ खर्च गरेका छन् । 

३३ वर्षका एक रशियन अरबपति विक्टर मार्टीनोव हाल आफ्नो शोखको कारण चर्चामा छन् । रशियन अरबपति मार्टीनोव प्रेमिकाको साथमा क्रिमियाको अलुस्थामा छुट्टि मनाइरहेका थिए र उनलाई त्यहाँको खानाको मज्जा नआएपछि उनलाई बर्गरको याद आयो । 

तर उनी भएको स्थानबाट मैकडानल्ड ७२५ किमी टाढा थियो । उनले त्यसबेला खाना भन्दा धेरै भाडामा पैसा खर्च गरेका थिए । उनले बर्गर खानको लागि ७२५ किमीको यात्रा गरे र उनले सवारी साधन रिर्जभ गर्नका लागि २ लाख रुपैयाँ तिरेका थिए । 

उनी र उनकी प्रेमिका मैकडानल्डमा त्यहाँ पुगेर प्रत्येकले ४ हजार ८ सय ८० रुपैयाँको खाना खाएका थिए । विक्टर एक हेलिकप्टर कम्पनीका सीइओ हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया