सोमबार कस्तो रहने छ देशभरको मौसम ?

सोमबार, ०६ पुस २०७७, ०९ : ०५

काठमाडौँ –  सोमबार पश्चिमी वायुको प्रभावका कारण केही क्षेत्रको मौसम बदली भई अन्य क्षेत्रको    मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा छ ।

आ्ज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

सोमबार, ०६ पुस २०७७, ०९ : ०५

प्रतिक्रिया