अब नेपाली बजारमा मासिक ७ हजार किस्तामा इलेक्ट्रिक स्कुटर लिन सकिने

३ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा अब मासिक ७ हजार किस्तामा स्कुटर लिन सकिने भएको छ । हालै मात्र भित्रिएको भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्युअर ईभीको ई प्लुटो ७जी लाई मासिक किस्तामा लिन सकिने भएको हो । 
सो अफर नेपालका लागी आधिकारीक वितरक ह्वाइट लोटस प्रालिले नविल बैंकसँग सहकार्य गरी उपलब्ध गराउँने बताइएको छ । यस अफर अन्तर्गत सुरुमा १ लाख २४ हजार रुपैयाँ बुझाउनु पर्ने छ । त्यस पछि मासिक ६ हजार ९१६ रुपयाँको दरले १८ महिना सम्म बुझाउन सकिने बताइएको छ । 
यस स्कुटरको अधिकतम गति प्रतिघण्टा ६० किमी रहेको छ । यसमा २.५ किलोवाट आवर क्षमता भएको पोरटेबल लिथियम आयान ब्याट्री रहेको छ भने जसले एक पटकको चार्जमा १०० किमी सम्मको यात्रा गर्न सकिने बताइएको छ ।
यसको मूल्य २ लाख ४९ हजार रुपैँया तोकिएको छ । बैंकहरुले यस्तो विद्युतीय सवारी साधनमा ८० प्रतिशत सम्म फाइनान्स गर्न सकिने व्यवस्था गरेका छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया