छ महिनामा सवारी कारबाहीबाट तीन लाख राजस्व सङ्कलन

३ बर्ष अगाडि

ताप्लेजुङ- चालु आर्थिक वर्षको छ महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले रु तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

मङ्सिर महिनामा मात्रै रु एक लाख सात हजार ५०० राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । एकै महिनामा यति धेरै राजस्व सङ्कलन भएको यो पहिलोपटक हो । 

पछिल्लो छ महिनामा ४८३ वटा सवारी साधनका चालक कारबाहीमा पर्दा रु तीन लाख आठ हजार ५०० राजस्व जम्मा भएको छ । उक्त अवधिमा १२ ट्रक, ५० ट्र्याक्टर, ३०३ मोटरसाइकल र १४ अटोका चालक कारबाहीमा परेका छन् । 

बिना लाइसेन्स सवारी साधन चलाएको, कागजपत्र नभएको, ट्राफिक नियम पालना नगरेकोलगायतका कारण ती सवारी साधनका चालक कारबाहीमा परेका हुन् । अघिल्लो आवमा रु छ लाख ९४ हजार ५०० राजस्व सङ्कलन भएको थियो । 

अघिल्लो आवको तुलनामा यो वर्ष बढी राजस्व सङ्कलन हुने अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुमान छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया