पठाओ चालकहरु आन्दोलनको तयारीमा

३ बर्ष अगाडि

काठमाडौं- कम्पनीले लिने कमिसन घटाउन माग गर्दैं पठाओका चालकहरु आन्दोलनको तयारीमा जुटेका छन् । सोमबार काठमाडौंको युएनपार्कमा भेला भएर पठाओ चालकहरुले कमिसन घटाउन माग गरेका हुन् ।  

कम्पनीले चालहरुबाट हाल यात्रुले तिर्ने भाडाको २० प्रतिशत रकम कमिसनको रुपमा लिदैं आएको छ । २० प्रतिशत कमिसन लिदा आफुहरु मारमा परेको भन्दैं चालकहरुले कमिसनलाई ८ प्रतिशतसम्म झार्नुपर्ने माग गरेका छन् । 

पठाओले अहिले नेपालमा ट्याक्सी र मोटरसाइकल मार्फत राइड शेयरिङका साथसाथै फुड डेलिभरीको सेवा पनि प्रदान गरिरहेको छ । पठाओले नेपालमा सन् २०१८ बाट आफ्नो सेवा शुरु गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया