एजेन्सी- अमेरिकाको संसद्ले सोमवार जारी गरेको आर्थिक राहत प्याकेज विधेयकको पूर्णपाठमा नेपाललाई पनि १५ अर्ब रुपैयाँको सहयोग उपलब्ध गराउने उल्लेख गरिएको छ ।
कुल ५५ सय ९३ पृष्ठको उक्त विधेयकको १४ सय ८५औं पृष्ठमा नेपालको विकास तथा लोकतन्त्र कार्यक्रममा १३ करोड २ लाख ६५ हजार डलरभन्दा नघट्नेगरी सहयोग उपलब्ध गराउने भनी उल्लेख गरिएको छ । सहायता (असिस्टेन्स) शीर्षक अन्तर्गत उक्त आर्थिक सहयोग गर्न लागिएको हो ।
त्यस्तै अर्को शीर्षक विदेशी सैन्य लगानी कार्यक्रम (फरेन मिलिटरी फाइनान्सिङ प्रोग्राम) पनि रहेको छ। यस अन्तर्गत भने नेपालमा मानवीय र विपत राहत तथा पुनर्निर्माण गतिविधिमा मात्र लगानी गरिने उल्लेख गरिएको छ ।
प्रतिक्रिया