बेलायतबाट नेपाल आउन रोक

मंगलबार, ०७ पुस २०७७, १७ : ५६

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन रोक लगाएको छ।

कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो।

भोलि राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने छ।


 

मंगलबार, ०७ पुस २०७७, १७ : ५६

प्रतिक्रिया