काठमाडौं – बीमा समितिले मंगलबार सम्मको कोरोना बीमा दाबी भुक्तानीको विवरण सार्वजनिक गरेको छ । मंगलबार सम्ममा १४ हजार १ सय ८४ जनाले दाबी भुक्तनी पाएका हुन् ।
बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार रकमका आधारमा रु १ अर्ब ३८ करोड ४८ लाख ७५ हजार बराबरको दावी भुक्तनी भएको छ। तथ्याङका अनुसार अहिले सम्म २६ हजार ५ सय ९७ ओटा आवेदनको पूर्ण रुपमा कागज पत्र प्राप्त भएको छ । त्यसमा यतिका जनाको दावी भुक्तानी भएको हो भने अन्यको प्रक्रियामा छ ।
त्यस मध्ये ६ हजार ३ सय ४५ आवेदन पठाइएको थियो । त्यसमा ३ हजार २ सय ३४ आवेदन स्वस्थ्य मन्त्रालयले लिएको छ । ३ हजार १ सय ११ ओटा आवेदन भने स्वीकृतिको लागि मन्त्रालयमै रहेको छ ।
यस्तै स्वस्थ्य मन्त्रालयमा लैजानका लागि १ हजार ५ सय ५० आवेदन तयार पारिएको छ । भने १ हजार ८ सय ९२ ओटा आवेदन योग्य नभएपछि बीमा कम्पनीहरुमा पठाइएको छ । । यस्तै, ३ हजार २ सय ६७ आवेदन भेरिफिकेशनको प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ । यसैगरि ७२ ओटा आवेदन भने दावीको लागि अयोग्य भएको बताइएको छ ।
बीमा समितिले गत बैशाखमा लघु बिमा अन्तरगतको कोरोना बीमा कार्यक्रम ल्याएको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरुले लघुबीमा पुल मार्फत यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसमा नेपाल पुनर्बीमा कम्पनीले पनि सहकार्य गर्दै आएका छ ।

प्रतिक्रिया