काठमाडौं – कोरोना कहर सामान्य हुदैं गएपछि फर्निचर व्यवसाहीहरु आफ्नो व्यवसायलाई पुरानै लयमा फर्काउन लागि परेका छन् । कोरोनाका कारण अन्य व्यवसायसँगै फर्निचर व्यवसाय पनि नमज्जाले प्रभावित भएको थियो । अहिले परिस्थीति सामान्य हुन थालेपछि व्यवसायीहरु व्यवसायलाई पुर्नउत्थान गर्न लागि परेका हुन् ।
एक बर्षअघिदेखि सुरु भएको कोरोना कहरका कारण विश्वभरका व्यापार व्यावसाय नै प्रभावित भएको छ । बिशेषगरि कोरोना भाइरस नियन्त्रण गर्न नेपाल सहित अधिकांश देशमा लगाइएको बन्दाबन्दी (लकडाउन) ले विश्व अर्थतन्त्र नै प्रभावित भएको थियो ।
नेपालमा पनि गत चैत ११ गतेदखि ४ महिना लामो लकडाउन लगाइएको थियो । त्यसपछि पनि बिभिन्न चरणमा निषेधज्ञा लगाइएको थियो । त्यसको असरले नेपालको व्यापार तथा व्यवसाय पनि नमज्जाले प्रभावित भएको थियो । त्यस मध्ये फर्निचर व्यवसाय पनि एक हो ।
४ महिना लामो लकडाउनर त्यसकोको निषेधाज्ञाले फर्निचरलाई व्यावसायलाई पनि प्रत्यक्ष असर पारेको थियो । तर, अहिले कोरोनाको कहर सामान्य हुदैं गएपछि भने फर्निचर व्यवासायीहरु व्यवसायलाई पुरानै लयमा फर्काउन कसरत गरिरहेका छन् ।
ललिपुरको कुमारीपाटि स्थित नेपाल आइरन फर्निचरका सञ्चालक भैरव महर्जनले कोरोनाले प्रभाव पारेको आफ्नो व्यावसायलाई पुरानो लयमा फर्काउन कसरत गरिरहेको बताए । उनी भन्छन् ‘पुरानो लयमा फर्कन त धेरै नै गाह्रो छ । घर भाडा केहि मात्रा छुट भएको भए परिस्थित अलिक सहज हुने थियो होला तर त्यो पनि भएन । कोरोना महामारीका कारण झन्डै चार महिना लकडाउन भयो स्वरुम बन्द गर्नु परेयो ।’
उनकोमा १०/१२ जना कर्मचारी छन् । लकडाउनको समयमा फर्निचर बन्द भए पनि उनले ती कर्मचारीहरुलाई भने पारिश्रमिक दिएको बताउँछन् । नेपालमा भने जस्तो मेसिन नभएको कारण विदेशबाट महंगोमा आयात गर्न बाध्य भएकोले फर्निचर ब्यावसाय भने जस्जो फस्टाउन नसकेको उनी बताउँछन् । नेपालमा प्रयाप्त मात्रामा काठ, कच्चा पदार्थ भएता पनि विदेशबाट ५० प्रतिशत आयात हुने गर्छ ।
नेपालका युवाहरुले स्वादेशको व्यावसायलाई भन्दा धेरै वैदेशिक रोजगारलाई प्रथमिकता दिने भएको कारणले गर्दा ९४ प्रतिशत भारतका कामदार ल्याउन बाध्य भएको महर्जन बताउँछन् । उनी भन्छन् ‘विदेश भन्दा पनि स्वदेशमा नै केही सिप सिकेर ब्यावसाय थालनि गरियो भने यही रोजगारी मिल्ने र भारतबाट पनि कामदार ल्याउँन पनि पर्दैनथ्यो ।’ यस्तै, कोरोना सम्बन्धीको मापदण्ड पालना गरेर कामदार परिचालन गर्न सकिए धेरै राम्रो हुने पनि उनको भनाइ छ ।
अहिले धेरै मात्रामा फर्निचर उद्योक खोलिएको र कत्तिपय फर्निचरहरु दर्ता नभई सञ्चालन भइरहेकोले समस्या परेको उनी बताउँछन् । यस सम्बन्धी उद्योग बाणिज्य संघ नेपाल सरकार संग समन्वय गरि अनुगमन गरि कानुनको दायरामा ल्याउँन सके धेरै राम्रो हुने उनको भनाइ छ। दर्ता नगरी सञ्चालनमा आएको फर्निचरहरुले कर तिर्न नपर्ने र भ्यट पनि तिर्न नपर्ने भएको कारण दर्ता भएका फर्निचरहरु धेरै मर्कामा परेको उनी बताउँछन् ।
उनका अनुसार मुख्या समस्या गोदाम, पसलको भाडा रहेको छ । घर धनि र व्यावसायीलाई नेपाल सरकारले समन्वय गरी दुवै पक्षलाई घाटा नहुने गरि छुटको व्यावस्था मिलाई दिए धेरै सहुलियत मिल्ने उनी बताउँछन ।
त्यस्तै ललितपुरको कुमारिपाटीमा नै रहेको ब्रज फर्निचर सेन्टरका मुकेश बज्राचार्य पनि कोरोनाले चौपट पारेको आफ्नो व्यावसायलाई व्युउताउँन लागि परेका छन् । उनले फर्निचरको व्यावसाय सुरुवात गरेको लगभग ३० वर्ष नाघिसकेको छ । उनको त्यस फर्निचरलाई उनका बुबा महेन्द्र रत्न बज्राचार्यले थलानी गरेका हुन् । तर अहिले सम्पूर्ण व्यावसाय मुकेशले नै सम्हालेका छन् ।
उनी भन्छन् ‘कोरोनाले लकडाउनको समयमा धेरै नै असर पार्यो तर अहिले लकडाउन खुले सके पछि विस्तारै व्यावसाय पुरानो लयमा फर्किरहेको छ ।’ आफूले कोठा भाडा तिर्न नपरेता पनि प्रत्यक्ष असर परेकोले भाडा तिर्न परेकाहरुलाई त चौपट नै बनाएको बताउँछन् । उनी थप्छन् ‘फर्निचर व्यावसाय सामान्य तरिकाले सञ्चालन गर्न सकिन्दैन विषेश त यसको मूल्य नै धेरै महंगो हुन्छ । सामान्य लागानीले थालनी गर्न पनि धेरै कठिन पर्छ र यसको मुल्य महंगो भएको कारण मानिसहरु जत्ता तत्तै सामान खरिद गर्न खोज्दैनन् । जसलाई आवश्यक पर्छ उहाँहरु सामान खरिद गर्छन् ।’
स्वादेशमा काठ प्रयाप्त मात्रामा भए पनि काठको मुल्य धेरै महंगो भएकोले यसका लागि सरकारले वन मन्त्रालयसँग समन्वय गरी काम लाग्ने स्वदेशी काठ सस्तो मुल्यमा प्रयोग गर्न सक्ने वातावरण बनाइदिनुपर्ने उनको माग छ । यसबाट लागत खर्च घट्ने र अहिले देखिएको जोखिम न्यूनीकरण हुने सक्ने पनी उनी बताउँछन् ।
कोरोना अघि सहज तरिकाले नै व्यासाय चलिरहेको तर अचानक कोरोनाको महामारी फैलिए पछि लकडाउन भएको कारण व्यावसाय ठप्प भएको र काम गर्न राखेका २ जना कर्मचारीलाई पनि विदा दिएको बताउँछन् । ‘हुन त कोरोनाले फर्निचर व्यावसायलाई मात्र प्रभाव पारेको छैन सम्पूर्ण व्यावसायलाई नै प्रभाव पारेको छ । पुरोनो लयमा फर्कन त धेरै गाह्रो नै हुन्छ । तर परिस्थिती सँग अघि बढ्न सिक्नु पर्छ,’ उनले बताए । अहिले फर्निचरको सम्पूर्ण काम आफूले नै गरिरहेको र व्यावसाय पुरानो लयमा फर्किसके पछि फेरि केहि कर्मचारी थप्ने उनको भनाइ छ ।
यस्तै, ललिपुरको कुमारीपाटिमा नै रहेको कपिल फर्निचरका सञ्चालक मुकेश शर्माले पनि कोरोना महामारिका कारण भएको लकडाउनले व्यावसाय चौपट नै पारेको बताएका छन् । उनले लकडाउनमा व्यावसायमा धेरै घाटा बेहोर्नु परेको बताए । ‘लकडाउन धेरै घाटा भायो कच्चा पर्दाको सहज आपुर्ति र सहज बजारीकरण भयो भने भने व्यावसायलाई पुरानो लयामा फर्काउन सहज हुन्छ ।’
अहिले फर्निचर व्यावसायीहरुको संख्या धेरै भएकोले बजारीकरणमा प्रतिस्पर्धा हुने बताउँछन् । साथै कच्चा पदार्थ आयातमा कर छुटका साथै भ्याट दरमा पनि सहुलियत दिए व्यवसायको पुनरुत्थान गर्न सकिने उनको भनाइ छ । अहिले प्राय जसो मानिसहरुको रुची फर्निचरमा भए पनि यसको मुल्य धेरै महंगो भएको काराण सामान खरिद नगर्ने उनी बताउँछन् ।
प्रतिक्रिया