नाग्म –गमगढी राजमार्गः ठेकेदारलाई नौ पटक पत्र

विहीबार, ०९ पुस २०७७, १२ : ०६

नाग्म–गमगढी राजमार्गको शुरुदेखि १३ किलोमिटरको काम पाँच वर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनी हिल्दुङ एण्ड थोकर– हीरा नमिता जेभिलाई अन्तिम पत्र काटेको छ । 

कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले बाँकी काम शुरु गर्न पटक पटकको निर्देशन अटेर गरेपछि जेभिलाई नवांै पटक पत्र काटिएको जानकारी दिए। शुरुआती विन्दु १३ किलोमिटरमा पाँच वर्ष अघि शुरु गरिएको काम अझै सकिएको छैन । बीचैमा काम छोडेर गएको सो निर्माण कम्पनीलाई २०७७ साल पुस २ गते अन्तिम पत्र काम गर्न भनि काटिएको कार्यालयले जनाएको छ । 

विसं २०७३ वैशाख १३ गते सो कम्पनीलाई पहिलो पत्र दिइएको थियो  । सम्झौता रकम रु १० करोड १३ लाख ८ हजार १३० रुपैँया मध्ये रु सात करोड ९६ लाख १२ हजार भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । कम्पनीका आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठले  काम शुरु गर्ने जानकारी दिए ।
 

विहीबार, ०९ पुस २०७७, १२ : ०६

प्रतिक्रिया