नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आज अपराह्न शुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा चौथो बैठक शुरु गरिएको हो ।
उक्त बैठकमा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल पनि सहभागी भएका छन् ।
आजको बैठकमा मनोनित केन्द्रीय सदस्यलाई शपथ गराइने नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। नयाँ थप मनोनीत केन्द्रीय सदस्य ५५६ जना छन् ।
केन्द्रीय कमिटीको यही पुस ७ गते बसेको बैठकले एक हजार १९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो ।
प्रतिक्रिया