बेलायतद्धारा अर्नब गोस्वामीको टेलिभिजनमाथि २० लाख पाउन्डको जरिवाना

विहीबार, ०९ पुस २०७७, १५ : १०

एजेन्सी- भारतीय टेलिभिजन प्रस्तोता अर्नब गोस्वामीको रिपब्लिक टिलिभिजनको हिन्दी च्यानल रिपब्लिक भारतमाथि बेलायत सरकारले कारबाहि गरेको छ । 
 
टेलिभिजन बहसमा ‘हेट स्पिच’ नियमको उल्लंघन भएको भन्दै ब्रिटिस ब्रोडकास्टिङ रेग्युुलेटर अर्थात् बेलायतको टेलिभिजन नियमन गर्ने संस्थाले २० लाख पाउन्ड जरिवाना तोकेको हो । 

६ सेप्टेम्बर २०१९ मा प्रकाशित ‘पूछता है भारत’ कार्यक्रममा ‘हेट स्पिच’ अर्थात् घृणा अभिव्यक्तिको प्रयोग भएको र यो अपमानजनक तथा नियमविपरित रहेको अधिकारीहरुले जनाएका छन् । 

बेलायती अधिकारीहरुकाअनुसार ‘पूछता है भारत’ को त्यस शृंखलामा पाकिस्तानीहरुविरुद्ध घृणा फैलाउने भाषण समावेश थियो । कार्यक्रममा राष्ट्रियताका आधारमा भन्दै पाकिस्तानी मानिसहरुबारे अपमानजनक शब्दको प्रयोग गरिएको थियो । 

कोही पनि व्यक्तिको भावनामा यस्ता अपमानजनक टिप्पणीले ठेस पुुर्याउन सक्ने भएकाले बेलायती नियामक संस्थाले यसलाई अपराध भनेको छ । साथै, नियामक संस्थाले यस टेलिभिजनका लागि निर्देशिका पनि जारी गरेको छ । जसअन्तर्गत च्यानलमा कुनै पनि कार्यक्रमलाई दोहोर्याएर प्रशारण नगर्न निर्देशन दिइएको छ । 

गोस्वामी यस टेलिभिजनका प्रधान सम्पादक समेत हुन् ।  रिपब्लिक भारत बेलायतमा पनि प्रशारण हुने गरेको छ । टेलिभिजन बहसमा ‘हेट स्पिच’ नियमको उल्लंघन भएको बेलायती अधिकारीहरुले जनाएका छन् ।

यस अघि नेपालले नयाँ नक्सा जारी गरेपछि आफ्नो टेलिभिजन कार्यक्रम प्रस्तुत गर्नेक्रममा गोस्वामीले नेपालबारे पनि विवादित बयान दिएका थिए । 


 

विहीबार, ०९ पुस २०७७, १५ : १०

प्रतिक्रिया