पुरा भयो धरहराको २० औं तला

विहीबार, ०९ पुस २०७७, १६ : २३

काठमाडौं- २०७२ सालको विनासकारी भूकम्पका कारण पूर्ण रुपमा क्षति ग्रस्त धरहराको २० औं तलाको पुननिर्माणको कार्य सम्पन्न भएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको २० औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न भएको हो।

२० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको प्राधिकरणले जनाएको छ । यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । 

धरहरामा कुल २३ तला रहने पनि प्रधिकरणले जनाएको छ । यस्तै धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको छ । 

त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्यपनि तीब्र गतिमा भइराखेको छ ।


प्राधिकरणले यसै आर्थिक वर्ष भित्रैमा काम सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढेको जनाएको छ ।  आगामी असार मसान्त सम्म मुलभुत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने प्राधिकरणको भनाइ छ । 

धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कूल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।


 

विहीबार, ०९ पुस २०७७, १६ : २३

प्रतिक्रिया