पठाओ चालक र यात्रुलाई ५ लाखसम्मको बीमा

३ बर्ष अगाडि

काठमाडौं- राइड सेयर कम्पनी पठाओले आफ्ना चालक र यात्रुको ५ लाखसम्मको बीमा गरिदिने भएको छ।

पठाओमा एप प्रयोग गरी यात्रा गर्दा दुर्घटना भई यात्रु वा चालकको मृत्यु वा अपाङ्गता भएमा बढीमा ५ लाख सम्मको बीमा गर्ने गरी एभरेस्ट इन्स्योरेन्स प्रालीसगँ सम्झौता गरिएको हो।

त्यस्तै पठाओको एप मार्फत सेवा दिने र लिनेको लागि १ लाखसम्मको दुर्घटना उपचार बीमा गरिएको छ ।

यो बीमा पठाओ खाना डेलिभरी गर्ने राइडरहरुले पनि पाउने छन्। त्यसैगरी पठाओका प्यासेन्जरले बीमा दावीको लागि एपमा आफ्नो नाम र जन्म मिती सही राख्नुपर्ने छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया