काठमाडौं- जिल्लाको बगनासकाली गाउँपालिकाले बिना धितो युवालाई १० लाख रुपियाँसम्म ऋण दिने भएको छ ।
कोरोनाका कारण स्वदेश तथा विदेशबाट रोजगारी गुमाई गाउँ फर्किएर कृषि पशु फार्म सञ्चालन गर्न चाहेका युवाका लागि गाउँ सरकारले बिना धितो ऋण दिन थालेको हो ।
युवा, दलित, महिला तथा अल्पसंख्यक जातिलाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत बिना धितो सहुलियत दरको ऋण प्रदान गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
बिना धितो ऋण प्रदान गर्नको लागि गाउँपालिका र नेपाल बैंकबीच सम्झौता भई कार्यक्रम शुरू भएको छ ।
प्रतिक्रिया