पाटन अस्पताललाई एक करोड सहयोग

शुक्रबार, १० पुस २०७७, १७ : ३०

ललितपुर- पाटन अस्पताललाई ललितपुर महानगरपालिकाले अक्सिजन प्लान्ट खरिदका लागि एक करोड दिने भएको छ।

महानगर प्रमुख चिरीबाबु महर्जनको संयोजकत्वमा गठित महानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले प्लान्ट खरिदका लागि एक करोड दिने निर्णय गरेको हो।

पाटन अस्पताललाई सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि हब अस्पतालको रुपमा तोकेको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले कोरोना संक्रमितको उपचारका लागि पाटन अस्पतालले राम्रो काम गरेकाले सहयोग गर्ने निर्णय गरेको बताए।

शुक्रबार, १० पुस २०७७, १७ : ३०

प्रतिक्रिया