काठमाडौं निजगढ फास्ट ट्रयाकमा पनि सुरुङ्ग, तीन चिनियाँ कम्पनीले पाउने भए ठेक्का

शुक्रबार, १० पुस २०७७, १८ : ४७

काठमाडौं : काठमाडौं–तराई मधेश फास्ट ट्रयाक (द्रूतमार्ग)का सुरुङ मार्ग निर्माण गर्नका लागि पूर्वयोग्यता सूचिमा दुईवटा चिनियाँ कम्पनी छनोट भएका छन् । 

तीन वटा सुरुङ निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्‍जिनियरिङ कर्पोरेशन लिमिटेड र पोली चंग्डा इञ्‍जिनियरिङ कम्पनी छनोट भएका हुन् । 

नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाक अन्तर्गत सुरुङ बनाउने ठेकेदारको पूर्वयोग्ता छनौटका लागि गत वर्ष फागुन ३० मा टेन्डर आह्वान गरिएको थियो ।

तीनवटा सुरुङमार्ग निर्माणका लागि दुई प्याकेजमा पूर्वयोग्यता निर्धारणका लागि बोलपत्र आह्वान गरेकोमा पहिलो प्याकेजमा २१ वटा र दोस्रो प्याकेजमा २२ वटा गरी कुल ४३ कम्पनीले आवेदन दिएका थिए ।

दोस्रो प्याकेजका लागि पोली चंग्डा इञ्‍जिनियरिङ कम्पनी मात्रै छनोटमा परेको छ । पहिलो प्याकेजका लागि इञ्‍जिनियरिङ कर्पोरेशन लिमिटेड र पोली चंग्डा इञ्‍जिनियरिङ कम्पनी दुवै प्रतिस्पर्धामा छन् ।

पहिलो प्याकेजमा छोक्रेडाँडादेखि महादेव खोल्सी ३/३ किमी सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । दोस्रो प्याकेजमा धेद्रेमा ९सिम्पानीदेखि चालिसे खोल्सी १।३७ किमी० र लेनडाँडामा ९घट्टेपाखादेखि बाँदरेखोल्सी १।४ किमी० गरी दुईवटा सुरुङमार्ग निर्माण गर्नुपर्ने हुन्छ । यी तीनवटै सुरुङमार्ग मकवानपुर जिल्लामा बन्नेछन् । सुरुङमार्गहरुको कुल लम्बाई ६।४१५ किलोमिटर हुनेछ ।

दुई लेनको स्ट्याण्डर्डको एक्सप्रेस वे हुने यो सुरुङमार्गको निर्माण इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन ९ईपीसी० मोडलबाट गर्न लागिएको हो। जसमा परियोजनाको योजना, डिजाइन, इन्जिनियरिङ्ग, निर्माण र सञ्चालनको काम निर्माण कम्पनी आफैंले गर्नुपर्नेछ ।

मूल्याङ्कन समितिले पेश भएका बोलपत्रहरुको मूल्याङ्कनको कार्य सम्पन्‍न गरी योग्य ठहरिएका कम्पनीहरुलाई सूचीकृत गरेको थियो। आयोजनाले निर्धारण गरेका मापदण्ड पूरा गर्ने कम्पनीहरु सूचीकृत भएको नेपाली सेनाले जानकारी दिएको छ । द्रुतमार्ग निर्माणको लागि संसोधित लागत अनुमान १ खर्ब ७५ अर्ब रुपैयाँ छ  ।  सुरुङ्ग मार्ग निर्माणका लागि छनौट भएको कम्पनीले ट्विन डबल लेन स्टाण्डर्डको सुरुङमार्ग, पुल र द्रूतमार्ग निर्माण गर्नुपर्ने छ । 

शुक्रबार, १० पुस २०७७, १८ : ४७

प्रतिक्रिया