पूर्वराजा ज्ञानेन्द्र पुर्वी नेपालको भ्रमण गर्दै

शनिबार, ११ पुस २०७७, १४ : ५५

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह पुर्वी नेपालको भ्रमणमा निस्कने भएका छन्। 

आइतबार पूर्व रानी कोमल शाहसहित उनी झापाको दमकमा रहेको हिमालयन रिसोर्टस्थित निवासमा जाने बताइएको छ।

झापा बसाइको क्रममा उनले राजावादी संघ संस्थाका प्रतिनिधिसहित विभिन्न दलका नेता कार्यकर्तालाई पनि भेट्ने बताइएको छ।

शनिबार, ११ पुस २०७७, १४ : ५५

प्रतिक्रिया