काठमाडौं हङकङ उडानमा आउँदो साता प्रतिबन्ध नलाग्ने

शनिबार, ११ पुस २०७७, १५ : ०६

काठमाडौं- नेपाल वायुसेवा निगमले अंग्रेजी नयाँ बर्ष २०२१ को सुरुवातसँगै काठमाडौं हङकङ उडान नियमित गर्ने भएको छ।

४८ घण्टाको पीसीआर रिपोर्टलाई मान्यता दिइएसँगै यो पटक नेपाल वायुसेवा निगमको काठमाडौं हङकङ उडानमा एक जना यात्रुको परिक्षण रिपोर्टमात्र कैफियत देखिएको निगमले जनाएको छ।

निगमका अनुसार एक जना यात्रुको रिपोर्टमा मात्र कैफियत देखिएपछि हङकङ एयरपोर्टले आउँदो साताको उडानमा प्रतिबन्ध नलगाउने भएको हो। 

यताबाट लगेका यात्रुको कोभिड १९ परीक्षण रिपोर्ट जाँचमा उता पुगेर चार पटकसम्म कैफियत देखिएपछि निगमले पटक पटक प्रतिबन्ध झेल्दै आएको थियो। 

हङकङ एयरपोर्टले चौथो पटक निगमलाई दुई साताका लागि उडानमा प्रतिबन्ध लगाएपछि गत सोमबार निगमले वाइडबडीमार्फत काठमाडौं हङकङ उडान गरेको थियो। 

शनिबार, ११ पुस २०७७, १५ : ०६

प्रतिक्रिया