मोबाइल चार्ज गर्ने क्रममा आगलागी

शनिबार, ११ पुस २०७७, १७ : ४८


काठमाडौं । मोबाइल चार्ज गर्ने क्रममा एक घरमा आगलागी भएको छ । नागार्जुन नगरपालिका(१ तुफान चोकको तीन तले घरमा आगलागी भएको हो । 

आगो दमकलको सहयोगमा निभाइएको छ । आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बलेको खबर प्राप्त भएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

शनिबार, ११ पुस २०७७, १७ : ४८

प्रतिक्रिया