विद्यालयमा आगलागी हुँदा चार लाख  क्षति

शनिबार, ११ पुस २०७७, २० : ३८

दोधारा चाँदनी नगरपालिका–१ चाँदनीमा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयमा आज  आगजनी हुँदा करीब रु चार लाख  क्षति भएको छ । 

आगजनीबाट विद्यालय भवन र भण्डारणगृहमा राखिएका बेञ्च, डेस्क, कुर्सीलगायत सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

विद्यालयमा आगजनी भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीका सहयोगमा दमकलको प्रयोग गरी  नियन्त्रण गरिएको उनले बताए। “विद्यालयमा आगलागीबारे अनुसन्धान भइरहेको छ”, उनले भने, “अहिलेसम्म आगलागी हुनाको कारण खुल्न सकेको छैन ।” 
 

शनिबार, ११ पुस २०७७, २० : ३८

प्रतिक्रिया