काठमाडौं, साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्ज (नेप्से) कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ ३२ अंकले ओरालो लागेको छ ।
आज कारोबारको सुरुवात देखि ओरालो लागेको नेप्से परिसुचक दुई घण्टाको अवधिमा १.५७ प्रतिशतले घटेर २००६.५३ को बिन्दुमा पुगेको छ ।
कारोबारको पहिलो घण्टामा नेप्सेमा करिब १७ अंकको गिरावट आएको थियो । १ बजेसम्म आउँदा सेन्सेटिभ पनि ४.०८ अंकले घटेर ३८२.६९ को बिन्दुमा पुगेको छ ।
हालसम्म कारोबारमा आएका १९९ कम्पनिको ३५ लाख ७९ हजार ९१ कित्ता शेयर २० हजार ४४७ पटक खरिद बिक्री हुँदा २ अर्ब १७ करोड २४ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया