शुक्रबारदेखि नेपालमा साढे ३५ लाखको मलेसियन गाडी प्रोटोन ‘सागा’ बिक्री हुने

३ बर्ष अगाडि

जनवरी १ देखि नेपालमा मलेसियन ब्राण्डको प्रोटोन ‘सागा’ बिक्री शुरु हुने भएको छ।

शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले आगामी शुक्रबार देखि सो गाडी नेपालमै बिक्री शुरु गर्न लागेको हो । 

आज आइतबारदेखि प्रोटोन ‘सागा’ सार्वजनिक गरी बिक्री सुरु गर्ने  योजना बनाएको भएपनिकोलकाताबाट गाडी आउन ढिलाई गरेकोले शुक्रबारदेखिमात्र बिक्री शुरु हुने जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए । 

कम्पनीले गाडीको शोरुम सहित मर्मत तथा सर्भिसिङ्गको लागि ‘आफ्टर सेल्स सर्भिस’ लाई मुख्य प्राथमिकता दिँदै स्पेयर पार्ट्स, सर्भिसिङ, तथा प्राविधिक जनशक्ति लगायतको  तयारी गरिसकेको अग्रवालले बताए ।  

कम्पनीले गैरीधारामा प्रोटोनको आधिकारिक शोरुम र कुपण्डोलमा सर्भिस सेन्टर तयार गरेको छ भने निकट भविष्यमा सातै प्रदेशमा आधिकारिक बिक्री, स्पेयरपार्ट्स र आफ्टर सेल्स सर्भिस केन्द्र संचालनमा ल्याउने योजना बनाएको कम्पनीले जनाएको छ । 

सो गाडीका अटोमेटिक र म्यानुअल ट्रान्समिसन गरी दुईप्रकार रहेका छन् । अन्य क्र्यास टेस्ट रेटिङमा फोर स्टार प्राप्त गरेको यो गाडी अन्य गाडीको तुलनामा सुरक्षाको हिसाबले मजबुत रहेको कम्पनीले जनाएको छ। 

दुई प्रकारका गाडीमध्ये म्यानुअल ट्रान्समिसनयुक्त सागाको नेपाली बजार मूल्य ३५ लाख ५० हजार रुपैयाँ र अटोमेटिक ट्रान्समिसनयुक्त सागाको बजार मूल्य ३९ लाख ५० हजार रूपैयाँ निर्धारण गरिएको अग्रवालले बताए।

३ बर्ष अगाडि

प्रतिक्रिया