कानून मन्त्रालयमा रहँदा अपेक्षा अनुसार काम गर्न सफल भएको तुम्बाहाङ्फेको दाबी

आइतबार, १२ पुस २०७७, १६ : ३०

काठमाडौं- नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहँदा अपेक्षा अनुसार काम गर्न सफल भएको दाबी गरेकी छन्।

आज कानून मन्त्रालयबाट विदाई हुने क्रममा मन्त्री तुम्बाहाङ्फेले विभिन्न ऐन, नियम बनाउने सन्दर्भमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको दाबी गरेकी हुन्।

मौलिक हकसँग जोडिएका विषयमा आफूले पद बहाली गर्दा हस्ताक्षर गरे अनुसार नै अधिकांश ऐन र नियमावली निर्माणमा सफलता प्राप्त गरेको बताइन्। मौलिक हकसँग जोडिएका १६ वटा ऐन बनाएकोमा १४ वटाको नियमावली बनाइसकेको र २ वटा बन्ने क्रममा रहेको बताइन्।

नेपालको संविधानमा निशान छापमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेस भएको नक्सा प्रकाशित गर्ने सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउनुलाई पनि आफ्नो उपलब्धी भएको बताइन्।

तेजाब आक्रमणसँग जोडिएको अध्यदेश ल्याउन सफल हुँदा देशका सबै नागरिक खुशी भएको पनि मन्त्री तुम्बाहाङ्फेले बताइन्। 


 

आइतबार, १२ पुस २०७७, १६ : ३०

प्रतिक्रिया