मिडियामाथि किन खनिए ट्रम्प ?

आइतबार, १२ पुस २०७७, १७ : ०४

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मिडिया सँग आक्रोशित भएका छन् । आफ्नी पत्नी मेलानिया ट्रम्पलाई नजरअन्दाज गरेको भन्दै उनले आक्रोश पोखेका हुन् ।

एजेन्सीका अनुसार उनले भनेका छन्  ‘अमेरिकी इतिहासमा मेलानिया सबैभन्दा सुन्दर पहिलो महिला हुन् । तर, चार वर्षको अवधिमा उनलाई कुनै ठूलो म्यागेजिनले आफ्नो कभर पृष्ठमा राखेनन् ।’

साथै उनले अमेरिकी मिडियामाथि भेदाभावको आरोप पनि लगाएका छन् । यसका साथै ट्रम्पले यसअघि बाराक ओबामाको कार्यकालमा मिसेल ओबामालाई ८ वर्षमा १२ ठूला म्यागेजिनले कैयौंपटक आफ्नो कभर पृष्ठमा प्रकाशित गरेको बताएका छन् । 

यद्यपि ट्रम्पको आरोपमा कैयौं म्यागेजिनले आधारहीन भएको प्रतिक्रिया दिएका छन् ।

आइतबार, १२ पुस २०७७, १७ : ०४

प्रतिक्रिया