कस्तो रहला आजको मौसम ?

सोमबार, १३ पुस २०७७, ०८ : ३६

काठमाडौँ-  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले केही क्षेत्रको मौसम बदली हुने देखिएको हो ।

आज दिउँसो प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

अहिले बागमती र गण्डकी प्रदेशको उच्च पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको छ ।

सोमबार, १३ पुस २०७७, ०८ : ३६

प्रतिक्रिया