धान उत्पादनमा वृद्धि

सोमबार, १३ पुस २०७७, ११ : ४५

काठमाडौं- गुल्मीमा गत वर्षभन्दा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यो वर्ष ३ हजार मेट्रिक टनले उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष १० हजार ४५० क्षेत्रफलमा ३१ हजार १७५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।  

गत वर्ष १० हजार ४३५ क्षेत्रफलमा लगाइएकोमा २८ हजार मेट्रिक टन उत्पादन भएको थियो । 

समयमा पर्याप्त पानी पर्नुको साथै लामो समयसम्म कोरोना महामारीमा भएको लकडाउनले काम गर्ने जनशक्ति गाउँमै रहेकाले बाँझो खेतमा पनि खेती गरिएको कारण उत्पादन र क्षेत्रफल वृद्धि भएको हो 

कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार यस वर्ष जिल्लामा ९५ प्रतिशत रोपाइँ भएको थियो भने अघिल्लो वर्ष जिल्लामा ९२ प्रतिशत रोपाइँ भएको थियो । 


 

सोमबार, १३ पुस २०७७, ११ : ४५

प्रतिक्रिया