भन्सार छलीको सुन र स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

सोमबार, १३ पुस २०७७, १७ : २०

काठमाडौं- भन्सार छलीको सुन र स्रोत नखुलेको रकमसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् । 

भन्सार छली गरेर ल्याएको ५० ग्राम सुन र स्रोत नखुलेको चार लाख ३७ हजार रुपैयाँ नगदसहित नुवाकोटको शिवपुरी गाउँपालिकाका प्रह्लाद थपा प्रकाउ परेका छन् । 

यस्तै ५० ग्राम सुन तथा स्रोत नखुलेको चार लाख ४० हजार रुपैयाँसहित धादिङको ज्वालामुखीका अर्जुनप्रसाद थपलियालाई पनि प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई थप अनुसन्धानका लागि बरामद सुन र नेपाली रुपैयाँसहित राजस्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।  

सोमबार, १३ पुस २०७७, १७ : २०

प्रतिक्रिया