भारतले साढे ३ महिनापछि  प्याज निर्यातमा प्रतिबन्ध हटायो

बुधबार, १५ पुस २०७७, १० : १४

काठमाडौं, भारतले साढे ३ महिनापछि नेपालसहतिका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध हटाएको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्तर्गतको वाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय भएको छ । 

निर्णयको कार्यान्वयन भने जनवरी २०२१ बाट लागू हुने  भन्सार विभागले जनाएको छ । उत्पादन कम भइ आफ्नो मुलुकमा प्याज अभाव हुने भन्दै गत भदौ २९ गतेदेखि भारतले प्याज निर्यातमा रोक लगाएको थियो ।

आयातमा प्रतिबन्ध हटाएसँगै नेपाली बजारमा पनि प्याजको मूल्य सस्तो हुनेछ । भारतले प्रतिबन्ध लगाएलगत्तै नेपाली बजारमा प्याजको भाउ पाँच गुणासम्मले वृद्धि भएको थियो । प्रतिकेजी ३० रुपैयाँ रहेको प्याजको मूल्य १५० रुपैयाँसम्म बिक्री भएको थियो भने हाल बजारमा प्याजको मूल्य १२० रुपैयाँ छ । 

स्थानीय उत्पादनले माग धान्न नसकेपछि ९५ प्रतिशत प्याज भारतबाट आयात हुने गर्छ ।
भन्सार विभागको तथ्यांकअनुसार भारत र चीनबाट वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात आयात हुने गर्छ । व्यवसायीका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब १ करोड ७० लाख रुपैयाँ बराबरको २७० टन प्याज खपत हुन्छ । तर, होटल व्यवसायमा मन्दी आएकाले अहिले भने खपत कम छ । यसमध्ये कालिमाटीमा ७० टन, बल्खुमा ३० टन, बानेश्वरमा ३० टन प्याजको कारोबार हुन्छ ।

बुधबार, १५ पुस २०७७, १० : १४

प्रतिक्रिया