दोर्दी खोला जलविद्युतको साधारणसभा माघ ९ गते

बुधबार, १५ पुस २०७७, १२ : ०१

काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारणसभा गर्ने भएको छ । पौष १२ गते बसेको संचालक समितिको निर्णयानुसार  सभाको बोलाइएको हो । 

सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे जुमको माध्यमबाट सुरु हुने बताइएछ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत विवरणहरु, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरुमाथि छलफल गरी पारित गरीने जनाइएको छ ।

त्यसैगरी, सभामा सर्वसाधारणको लागि सेयर निष्काशन (आइपिओ) गर्ने तथा सो निष्काशनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव पनि अनुमोदन गरिनेछ ।

बुधबार, १५ पुस २०७७, १२ : ०१

प्रतिक्रिया