एजेन्सी- कोरोना भाइरसको संक्रमणबाट अमेरिकी तल्लो सदनको सदस्यमा निर्वाचित एक सांसदको निधन भएको छ ।
४१ वर्षिय लुक लेटलो लुइजियाना राज्यको फिफ्थ डिस्ट्रिक्टबाट हाउस अफ रिप्रिजेनटेटिभ सदस्यमा निर्वाचित भएका थिए ।
उनको निधन मंगलवार भएको हो । रिपब्लिकन पार्टीबाट निर्वाचित भएका उनी आउँदो आइतवार सांसदको शपथ लिने तयारीमा थिए ।
उनी गएको डिसेम्बर ५ मा भएको रनअफ चुनावमा सांसदमा निर्वाचित भएका थिए ।
उनले १८ डिसेम्बरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएका थिए ।
प्रतिक्रिया