अस्पताल भर्ना भइन् प्रचण्डकी पत्नी

बुधबार, १५ पुस २०७७, १४ : २०

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्वस्थ बनेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । अ छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छन् । 

सीता दाहाल पार्किन्सन  रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।

बुधबार, १५ पुस २०७७, १४ : २०

प्रतिक्रिया