एजेन्सी- रिलायन्सका मालिक मुकेश अम्बानीलाई पछाडि पार्दै चीनको वाटर किङ भनेर चिनिने उद्योगपति झोंग शानशान एसियाको सबैभन्दा धनी व्यक्ति भएका छन् ।
यो वर्ष उनको कुल सम्पत्ति ७०.९ अबर डलरबाट बढेर ७७.८ अबर डलर पुगेको छ । उनले चीनका सबैभन्दा धनी व्यक्ति ज्याक मा र अलिबाबालाई पनि पछाडि पारेका छन् ।
६६ वर्षीय झोंगलाई चीनमा लोन वुल्फ अर्थात् ऋणी ब्वाँसोको रुपमा पनि चिनिन्छ । ब्लूमबर्ग बिलियनेयर्स सूचकका अनुसार सन् २०२० मा उनको सम्पत्ति बढेर ७७।८ अबर डलर पुगेको छ ।
शानशानले बोत्तलमा पानी बेच्छन् र कोरोनाको खोप बनाउने काममा पनि जुटिरहेका छन् । उनले आफ्नो जीवनकालमा पत्रकारिता, च्याउ खेती र स्वास्थ्य सेवा जस्ता क्षेत्रमा काम गरेका छन् ।
झोंगले चिनियाँ प्राविधिकहरुको ए समूहसँग सहकार्य गरेका छन्, जसमा मुकेश अम्बानी र ज्याक मा पनि सहभागी छन् ।
कोरोना महामारीका कारण संसारभरीकै अर्थतन्त्र डामाडोल भइरहेको छ भने अर्कोतिर झोंग शानशानको सम्पत्ति झन् तीव्ररुपमा बढेको देखिएको छ । उनी घाटामा जाने व्यावसायीहरुको हूलमा अपवाद बनेका छन् ।
प्रतिक्रिया