काठमाडौं
२०२० को सुरुवात देखि वर्षको अन्तिम समयसम्म आउँदा नेपाली बजारमा सुनको मुल्य आकाशियको महसुस गर्न सकिन्छ ।
कोरोना कहरसंगै बिश्व अर्थतन्त्र नै थतिलिएको बेलामा सुनको मुल्य भने यो बर्ष ह्वात्तै बढेको हो ।
२०२० सुरुवातमा ७३ हजार ५०० मा कारोबार भएको सुनको मुल्य वर्ष अन्तिम दिन( डिसेम्बर ३१) मा ९४ हजार १०० मा कारोबार भएको सुनचाँदी महासंघले जनाएको छ । एक बर्षको अन्तरालमा सुनको मुल्य २० हजार ६०० रुपैयाले बढेको हो । हालसम्म आउँदा सुनको मुल्य २१.८९ प्रतिशतले बढेको हो ।
गएको अघिल्लो समय सुनको मुल्यले यस वर्षको नयाँ किर्तिमान कायम गरेको थियो । यस वर्षको नै सबैभन्दा बढी १ लाख ३ हजार ५ सय रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै, एक वर्षको अवधिमा चाँदीको मुल्य ४ सय १० रुपैंयाले बढेको हो । वर्षको सुरुवातमा ८९० रुपैया रहेको चाँदीको मुल्य वर्षको अन्तिम समयसम्म आउँदा १३०० रुपैंया रहेको थियो ।
सुनको मुल्य बढ्नुमा मुख्य कारण कोरोना कहर हो । कोरोना कहरका कारण विश्वको अर्थतन्त्रमा नै भारी गिरावट आएको थियो । बिकसित मुलुकमा पनि कोरोना कारणले गर्दा अर्थतन्त्रमा भारी गिरावट आएको थियो ।
जसले गर्दा बिश्व शेयर घट्दा लगानीकर्ताहरु सुन तर्फ आर्कषित भएका थिए । फलस्वरुप सुनको मुल्य बढेको हो ।
लगानीकर्ताले शेयरमा आएको निरन्तर गिरावटका कारण शेयरमा लगानी गर्दा फाइदा हुने नदेखेपछि सुनमा लगानी गर्न लागे जसले गर्दा सुनको मुल्य आकाशियको हो ।
त्यसैगरी कोरोना कारण भएको लामो समय भएको लकडाउनका कारण कामदारको कमी भएसंगै सुनको खानीको उत्खननमा कमी आएको थियो । जसले गर्दा बजारमा सुनको कमी तर माग बढी रहेको थियो र जसले गर्दा सुनको मुल्य उच्च भएको हो ।
प्रतिक्रिया