राजस्व छलीको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर

शनिबार, १८ पुस २०७७, ११ : ०४

कठमाडौं- राजस्व छलीमा संलग्न रहेको भन्दै राजस्व अनुसन्धान विभागले २८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। 

विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी कारोबार गर्ने २८ जनाविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

अनुसन्धानको क्रममा सबुत प्रमाण भेटिएको भन्दै विभागले उनीहरूविरुद्ध कुल १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गराउनसमेत मागदाबी गरेको छ। 

शनिबार, १८ पुस २०७७, ११ : ०४

प्रतिक्रिया