सुनचाँदीको मुल्य ह्वातै बढ्यो, तोलाको कति ?

सोमबार, २० पुस २०७७, ११ : ०६

काठमाडौं-सोमबार नेपाली बजारमा सुनको मुल्य ह्वातै बढेको छ ।
 
आइतबार स्थिर रही ९४ हजार ५०० रुपैंयामा कारोबार भएको थियो भने आज सो मुल्य ८०० रुपैंयाले बढेर ९५ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मुल्य ९४ हजार ८०० रुपैंयामा कारोबार हुने जनाएको छ ।

यस्तै चाँदीको मुल्य पनि २५ रुपैंयाले बढेर १३ सय २५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य १३ सय रुपैंया रहेको थियो ।

सोमबार, २० पुस २०७७, ११ : ०६

प्रतिक्रिया