रेसिङ कार एमजीकाे भारतीय मोडल पहिलो पटक नेपाल ल्याउने , सँगै चिनिया नयाँ माेडल पनि भित्रने

३ बर्ष अगाडि

चीनको एसएआईसी गुपले उत्पादन गर्ने एमजी गाडीको भारतमा उत्पादित नयाँ एसयूभी  हेक्टर पहिलो पटक नेपाल आउने भएको छ । 

एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले दुई नयाँ मोडल भित्र्याउने क्रममा  भारतमा उत्पादन भएको हेक्टर पहिलोपटक नेपाल भित्र्याउन लागेको हो । 

चीनमा उत्पादन भएको नयाँ मोडल एचएस पनि सँगै नेपाल भित्रने छ । 

एमजी वेलायती रेसिङ कार निर्माता कम्पनी मोरिस ग्यारेज (एमजी)ले चीनको एसएआईसी गुपलाई बिक्री गरेको कम्पनी हो । चिनियाँ कम्पनी एसएआईसी गुपले खरिद गरेपछि यसको उत्पादन निकै आक्रमक रुपमा भइरहेको छ । भारतमा पनि कम्पनीले ठूलो लगानी सहित आफ्नो उत्पादन सुरु गरेको करिब २ वर्ष भइसकेको छ । 

यी दुई नयाँ एसयूभी नेपाल आएसँग एमजीसँग ४ नयाँ एसयूभी लाइनअप तयार हुने छ । साथै, कम्पनीले विक्री गर्दै आएको इलेक्ट्रीक एसयूभी इजेडएस पनि रहेको छ ।

एमजीले भारतमा उत्पादन भएको हेक्टरको साथै, जेडएस, जिएस र एचएस मोडल विक्री गर्ने छ । 

एमजी हेक्टर १।५ लिटर पेट्रोल र २।० लिटर डिजल इन्जिन अप्सनमा भारतमा उपलब्ध रहेको छ । नेपालमा दुई इन्जिन अप्सन वा एउटा मात्र आउने छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

यसमा रहेको पेट्रोल इन्जिनले अधिकतम १४१ बीएच पावर र २५० एनएम टर्क प्रलान गर्छ भने डिजेल इन्जिनले १६७ बीएच पावर र ३५० एनएम टर्क प्रदान गर्छ ।

कम्पनीले ल्याउने अर्को नयाँ एसयूभी एचएसमा पनि दुई इन्जिन अप्सन उपलब्ध रहेको छ । तर, नेपाल भने १।५ लिटर टर्बो इन्जिन आउने कम्पनीले जानकारी दिएको छ ।

एमजी एचएसमा रहेको १।५ लिटर टर्बो चार्ज्ड ४ सिलिण्डर इन्जिनले १६२ बीएच पावर र २५० एनएम टर्क उत्पादन गर्छ । यो एसयूभीमा सिक्स स्पीड अटोमेटिक गियरबक्स रहेको छ ।

दुबै एसयूभी निकै आधुनिक फिचरले भरिएका छन् । यी एसयूभीको मूल्यमा पनि खासै धेरै फरक नपर्ने अनुमान गर्न सकिन्छ । कम्पनीले यी एसयूभीको सुरुवाती मूल्य ६० लाखदेखि टप स्पेकको मूल्य ७५ लाखको बीचमा कायम गरेर विक्री वितरण गर्ने अनुमान गर्न सकिन्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया