काठमाडौं । सरकारी स्वामित्वको नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन्।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई उद्योगको महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले न्यौपानेसहित तीनजनाको नाम सिफारिस गरेकोमा मन्त्रिपरिषदले न्यौपानेलाई नियुक्त गरेको हो ।
न्यौपाने लामो समयदेखि व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा काम गर्दै आएका छन् ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा अवस्थित उक्त उद्योग जापान सरकारको सहयोगमा निर्माण भएको हो ।
प्रतिक्रिया