कृषिमा ल्याउने भनेको बैदेशिक लगानी फिर्ता गर्न दवाव

मंगलबार, २१ पुस २०७७, १५ : ०३

पशुपन्छी पालन तथा विभिन्न डेरी संघहरुले संयुक्तरुपमा कृषिमा ल्याउने भनेको बैदेशिक लगानी फिर्ता गर्न माग गरेका छन् । 

आज डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपा र केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेडले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी कुनै नि सर्तमा वैदेशिक लगानी भित्र्याउन नहुने भन्दै निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन् । 

उनीहरुले निजी क्षेत्रले अरवौंको लगानी गरेको अवस्थामा कुनै पनि सल्लाह नगरी अपारदर्शीरुपमा गरिएको यो निर्णयले राष्ट्रको अर्थतन्त्रमा दीर्घकालीन गम्भीर असर पर्ने बताएका छन् ।

उक्त निर्णयले ग्रामीण रोजगारीमा असर पर्ने र यस पेसामा आवद्ध व्यवसायीलाई मजदुर बनाउने र त्यसको लाभ विदेशी लगानीकर्ताको हातमा जाने उनीहरुको भनाई रहेको छ । 

मंगलबार, २१ पुस २०७७, १५ : ०३

प्रतिक्रिया