स्पोर्टी लुक्समा पहिलेभन्दा पावसफुल भएर आउँदै टिभिएस जुपिटर

३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय अटोमोबाइल कम्पनी टीभीएसले  टिभिएस जुपिटर  स्कुटरलाई पहिलेको भन्दा पावरफुल र स्पोर्टी लुक्समा ल्याउने भएको छ । 

कम्पनीले ३–४ महिना भित्रै ल्याउने तयारी गरेको  स्कुटर टिभिएस जुपिटर अब १२५ सिसीको इन्जिनमा पहिलेको भन्दा स्पोर्टी लुक्समा आउने भएको हो । 

हाल भारतमा स्पोर्टी लुक्स र डिजाइनको ११० सिसीको टिभिएस जुपिटर मात्र छ। यो सेग्मेन्टमा सिम्पल र धेरै माइलेज दिने स्कुटर खोज्नेको लागि जुपिटर विकल्प बन्न सक्छ।

टिभिएस जुपिटरले बजारमा होण्डा एक्टिभा १२५, हिरो डेस्टिनी १२५ र सुजुकी एसेस १२५ सगँ प्रतिश्पर्धा गर्नु पर्नेछ।

जुपिटर १२५ मा १२४।८ सिसीको इन्जिन हुनेछ, जसले ९।३८ पिएस पावर र १०।५ एनएम टर्क जेनेरेट गर्नेछ।

अहिले बजारमा उपलब्ध जुपिटरमा १०९।७ सिसीको इन्जिन छ जसले ७।४७ पिएस पावर र ८।४ एनएम टर्क जेनेरेट गर्छ।

३ बर्ष अगाडि

प्रतिक्रिया