काठमाडौं,बुधबार नेपाली बजारमा सुनको मुल्य ३ सय रुपैंयाले बढेको छ ।
मंगलबार ११ सय रुपैंयाले बढेर ९६ हजार ४०० रुपौंयामा कारोबार भएको सुनको मुल्य आज पनि तोलामा ३०० रुपैंयाले बढेर ९६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मुल्य आज ९६ हजार २०० रुपैंया रहने महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मुल्य पनि ५ रुपैंयाले बढेर १३ सय ४० रुपैंया कायम भएको छ ।
प्रतिक्रिया