डिसेम्बर महिनामा कत्ति बिक्यो त टिभिएसका सवारी साधन ?

३ बर्ष अगाडि

काठमाडौं- टिभिएस मोटर कम्पनीले डिसेम्बर २०२० को सेल्स रिपोर्ट सार्वजनिक गरेको छ । डिसेम्बर महिनामा मात्र २ लाख ७२ हजार ८४ युनिट सवारी साधन बिक्री गरेको कम्पनीले जनाएको छ । 

रिपोर्टका अनुसार गत वर्ष सोही महिना भन्दा यो डिसेम्बरमा टिभिएसको सेल्स १७.५ प्रतिशतले बढेको हो । गत वर्ष २ लाख ३१ हजार ५ सय ७१ युनिट मात्र सेल्स भएको कम्पनीले जनाएको छ । 

कम्पनीले भारतीय बजारमा पनि सेल्स बढाएको छ। २०२० को डिसेम्बरमा भारतीय बजारमा मात्रै १ लाख ७६ हजार ९ सय १२ युनिट सेल्स गरेको छ।
गत वर्ष डिसेम्बरमा १ लाख ५७ हजार २ सय ४४ युनिट मात्र सेल्स भएको थियो। यो गतवर्ष भन्दा १३ प्रतिशतले बढी हो।

त्यसैगरी, यो वर्षको डिसेम्बरमा टिभिएसले मोटरसाइकल सेग्मेन्टमा २७ प्रतिशत सेल्स बढाएको छ। गत वर्ष ९३ हजार ६ सय ९७ युनिट मोटरसाइकल बिक्री भएकोमा यो वर्ष १ लाख १९ हजार ५१ युनिट मोटरसाइकल बिक्री भएको छ।

कम्पनीले बाह्य निर्यात पनि २८ प्रतिशत बढाएको छ। यो डिसेम्बरमा टिभिएसका सवारी साधन ९४ हजार २ सय ६९ वटा निर्यात गरिएको छ। गत वर्ष यही महिनामा ७३ हजार ५ सय १२ युनिट मात्र सेल्स गरेको तथ्याङ्क रिर्पोटमा छ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया