व्यवसायीद्वारा सरकारसँग कर र बैंकको साँवा व्याज भुक्तानी गर्ने समय थप गर्न माग

बुधबार, २२ पुस २०७७, १३ : ५९

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले उद्यमी व्यवसायीहरूले बुझाउनु पर्ने कर विवरणको म्याद र बैंकको साँवा व्याज भुक्तानी गर्ने समय बढाउन सरकारलाई आग्रह गरेको छ ।  

कोरोना भाइरस सङ्क्रमणको जोखिम नियन्त्रणको लागि सरकारले करिब साढे ४ महिना लकडाउन गरेपछि कम्पनी तथा फर्महरूले लेखापरीक्षण समयमै गर्न नसकेको बताउँदै महासङ्घले अर्थ मन्त्रालय सँग विवरण बुझाउने म्याद तीन महिना थप गरिदिन आग्रह गरेको हो ।

कानुनी व्यवस्था प्रष्ट हुँदाहुँदै पनि बैंकहरूले कालोसूचीमा राख्नेलगायतका धम्की दिइरहेको जानकारी गराउँदै म्याद थपिएन भने ५० प्रतिशत भन्दा बढि साना मझौला उद्यम बन्दै हुने अवस्थामा पुग्ने पनि महासङ्घले जनाएको छ । साना मझौला उद्यमीलाई पनि कर छुट, विभिन्न अन्य शुल्क मिनाहा, बजार प्रवद्र्धनलगायतको प्याकेज आवश्यकता पर्ने महासङ्घले औँल्याएको छ।

महासङ्घका तर्फबाट राखिएका सुझावहरूलाई गम्भीरतापूर्वक लिएको र प्राप्त सुझावहरूको कार्यान्वयनमा सक्दो सहयोग गर्ने अर्थ मन्त्रालयले जनाएको छ । 

 

बुधबार, २२ पुस २०७७, १३ : ५९

प्रतिक्रिया