नयाँ नेतृत्व चयनका लागि नेपाल सुनचाँदी व्यवसायी महासङ्घले साधारण सभा गर्दै

बुधबार, २२ पुस २०७७, १४ : ४४

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासङ्घले नयाँ नेतृत्व चयनका लागि साधारण सभा बोलाएको छ । महासङ्घले ५५ सदस्यीय नयाँ कार्य समिति चयन गर्न पुस २४ र २५ गते सातौँ र आठौँ साधारण सभा बोलाएको हो । 

पुस २४ शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा उद्घाटन सत्र र २५ गते शनिबार बन्द सत्र तथा निर्वाचनको कार्यक्रम तय गरिएको छ । साधारण सभाको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने कार्यक्रम रहेको महासङ्घले जनाएको छ । 

महासङ्घले साधारणसभा एवम् तेस्रो महाधिवेशनमा देशभरका ६५ जिल्लानगर संघ तथा वस्तुगत र एसोसिएटगरी ६०० भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरूले सहभागिता जनाउने महासङ्घले जनाएको छ ।

सभामा कोरोना महामारीका कारण र नेपाल सरकारबाट सुनको कोटालाई २० किलोबाट १० किलोमा झारी आधा कटौती गरेपछि अत्यधिक रुपमा प्रभावित बनेको सुनचाँदी व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउने साझा अजेन्डामा गम्भीर छलफल हुने जनाइएको छ ।

 

बुधबार, २२ पुस २०७७, १४ : ४४

प्रतिक्रिया