काम गर्ने वातावरण नभएको भन्दै ओलीपक्षीय मन्त्रीले दिए राजीनामा

बुधबार, २२ पुस २०७७, १६ : ३४

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। 

मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो राजीनामाको घोषणा गरे । 

विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट गरे। उनी नेपाल कम्युनिष्ट पार्टी९नेकपा० मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् । 
 

बुधबार, २२ पुस २०७७, १६ : ३४

प्रतिक्रिया