कोठामै स्वीमिङ पुल भएको ३५ करोड को होटल माघ १ बाट सञ्चालनमा आउने

विहीबार, २३ पुस २०७७, १० : ०१

डोकानिया समूहले महोत्तरी जिल्लामा होटल नब्या खोल्ने भएको छ । 

महोत्तरीको बर्दिवास बजारमा रहेको उक्त होटल निमार्णका लागि ३५ करोड रुपैयाँ बराबरको खर्च भएको हो । 

उक्त होटल डोकानिया समूहका सुधीर अग्रवाल र हुलास अग्रवाललगायत तीन जनाको लगानीमा बनेको हो । 

एक विघा क्षेत्रफलमा निमार्ण गरिएको होटल नब्यामा ४० वटा कोठा रहेको छ ।  होटलमा १५ वटा डिलक्स,१५ वटा एक्जयूटिभ,५ वटा स्वीट र ५ वटा रेजिडेन्सियल गरी कुल ४० वटा कोठाहरु छन्।

त्यस्तै, उक्त होटलमा ६२ जना कर्मचारीले रोजगारी समेत पाएका छन्। 

उक्त होटलको कोठा भित्रै स्वीमिङ पुल रहेको छ ।

स्वीट रुममा सानो स्वीमिङ पुल समेत छ भने त्यो वाहेक बच्चाका लागि छुट्टै र अर्को ठूलो स्वीमिङ पुल पनि होटलमा रहेको छ।
 
यस होटलको उद्घाटन माघ १ गते हुनेछ भने होटल शुभारम्भको अवसरमा कोठामा  ५० प्रतिशत सम्म छुट दिइने बताइएको छ । 

विहीबार, २३ पुस २०७७, १० : ०१

प्रतिक्रिया