उद्योगीले उधारोमा सिमेन्ट र छड बेच्न बन्द गरेपछि उपभोक्तालाई फाईदा भएको छ । उद्योगीले उधारो बन्द गरेपछि लामो समयदेखिको बक्यौता उठेको र सस्तोमा सामान विक्री गरेकोले उपभोक्तालाई फाईदा भएको हो ।
उधारो धेरै रहेका हार्डवेयरलाई सामान नदिएर बक्यौता तिर्ने र सामान किन्न नगद दिने हार्डवेयरलाई मात्रै सामान दिएपछि धेरै उद्योगको बक्यौता उठेको थियो ।
सिमेन्ट उत्पादक संघले असार ३१ गतेदेखि उधारोमा सिमेन्ट बिक्री गर्न प्रतिबन्ध लगाएको थियो।
वर्षौंदेखि उठाउन नसकेको पैसा उठेको र नगद कारोबारले गर्दा उद्योगले थोरै मात्र मार्जिन लिएर समान बेचेको उद्योगीहरुले बताएका छन् । उद्योगीले थोरै मार्जिन राखेर सामान बेचेपछि उपभोक्ताले पहिलाभन्दा सस्तो मूल्यमा सामान पाएको उनीहरुको भनाई छ ।
उधारो कारोबार गर्दा बैंकबाट ऋण लिएर उद्योगमा लगानी गर्नुपर्र्ने र त्यसको भार उत्पादनमा जोड्ने उद्योगले नगद कारोबार भएपछि बैंक ब्याजको भार कम हुँदा केही सस्तोमा सिमेन्ट बेचेको उद्योगी पशुपति मुरारकाले बताए ।
उनका अनुसार कोभिड नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन र निषेधाज्ञापछि खुलेको बजारमा कुनै पनि उद्योगीले उधारोमा सिमेन्ट दिएनन् भने उधारो नतिरेमा सामान पनि पठाएनन्। यो निर्णयपछि धेरै उद्योगको ठूलो रकम बजारबाट फिर्ता आयो।
प्रतिक्रिया